आमाछोरीले गरे एउटै मण्डपमा विवाह
एजेन्सी। भारतको गोरखपुर जिल्लामा आमाछोरीले एउटै मण्डपमा विवाह गरेका छन्।मुख्यमन्त्री सामूहिक विवाह कार्यक्रमअन्तर्गत बिहीबार आमाछोरीले एकै मण्डपमा विवाह गरी दाम्पत्य जीवनको सुरुवात गरेको भारतीय सचारमाध्यमले जनाएका छन्।
गोरखपुरको पिपरौली ब्लक क्षेत्रको कुरमौल निवासी ५३ वर्षीया बेला देवीले आफ्नै ५५ वर्षीय देवर जगदीशसँग विवाह गरेकी हुन्। उनका पतिको २५ वर्षअघि नै मृ’त्यु भएको थियो। बेलादेवीले आफ्ना दुई छोरा र दुई छोरीलाई पढाएर विवाह गराएपछि आफूले कान्छी छोरीसँग विवाह गरेको बताइएको छ।
सोही सामूहिक विवाह कार्यक्रममा उनकी छोरी इन्दुको पाली निवासी शैलेन्द्रसँग विवाह भएको थियो। विवाहका कार्यक्रममा सहभागी गाउँलेहरुले आफूहरुले आमाछोरीको एकै मण्डपमा विवाह भएको पहिलोपटक देखेको बताएका थिए।
उक्त सामूहिक विवाह कार्यक्रममा एक जोडी मुस्लिमसहित कुल ६३ जोडीले विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त कार्यक्रमको सबैभन्दा चर्चित विवाह बेलादेवी र जगदीशको रहेको थियो। उनीहरुले परिवार र आफन्तको सल्लाह र सहमतिमै विवाह गरेका हुन्।
जगदीश आफ्ना ३ भाइमध्ये सबैभन्दा कान्छा हुन। उमेरले ५५ पुगे पनि उनले अहिलेसम्म विवाह गरेका थिएनन्। उनी खेती किसानीको काम गर्दै आइरहेका थिए।