मनोजले बिहे गर्ने थाहा पाएपछि पुर्वपत्नी मिनाले फेसबुकमा आफ्ना भावना ब्यब्त
काठमाडौ/ हास्य कलाकार मनोज गजुरेलको पनि विवाह हुने भएपछि उनकी पूर्व पत्निले मनोज गजुरेललाई फेसबुकबाट जवाफ दिएकी छिन् । उनको पहिलेको बैवाहिक सम्बन्ध सफल नभएपछि मनोज र उनकी श्रीमति अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी हुन् ।
यता गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताए । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ले भन्दै गजुरेलले समय आएपछि आफै पर्दा खुल्दै जाने बताए । उनले निकट भबिष्यमै केटीको बारेमा कुरा सार्वजनिक गर्ने बताए ।
२०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि एक अर्का प्रति आरोप लगाउने गरेका थिए । मनोजलाई पछिल्लो समय कोरोना भएपछि भने मिनाले निकै भावुक स्टाटस लेखेकी थिइन् । मनोज र मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।
dthreeonline