समाचार

ह्वाइट हाउसबाट ट्रम्प ‘आउट’ र जो बाइडेन ‘इन’

एजेन्सी / डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइ अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले पनि हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई गरिसकेका बेला शनिबार मात्र ट्रम्पका पक्षधर प्राउड ब्वाइज समुहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डीसीका सडकहरुमा प्रदर्शन गरेका छन्।

सो क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग प्राउड ब्वाइज समुहको झडप भएको हो। यस झडपमा चक्कु हानाहान भएको प्रहरीको भनाइ छ।प्रहरीले बल प्रयोग गर्दै झडपलाई तित्तर बित्तर बनाएका थिए। चार जनाको शरीरमा छु’रा प्र’हार भएको बताइएको छ। यतिबेला उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। शनिबारको यस झ’डपमा प्रहरीले २३ जनालाई गि’रफ्तार गरेको द गार्जियनले जनाएको छ।

। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित भएका हुन्। यद्यपी डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन्। यसबीचमा उनले चुनावमा धाँधली भएको आ’रोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

Related Articles

Back to top button