समाचार

सेमी फाइनलमा ‘डान्सिङ विथ द स्टार्स नेपाल’ बाट बाहिरिए फुलन्देकी आमा

काठमाडौं | नेपालको चर्चित डान्स रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ बाट हास्य कलाकार तथा नृत्यकार उमेश राई र उनको कोरियोग्राफर साथी उमेश बाहिरिएका छन् ।


शोबाट बाहिरिदै गर्दा ‘फुलन्देकी आमा’ उपनामले परिचित उमेशले भने ‘म कमेडी गर्ने मानिस यो शोमा आएर पहिलो पटक नाँचेको हुँ । यो शोमा आउनु नै मेरा लागि जित्नु जस्तै थियो ।

नेपालमा पनि यति राम्रो रियालिटी शो आएकोमा खुशी लागेको छ । दुःखको कुरा के रह्यो भने मैले टाइटल जित्न सकिनँ । तर, पनि दर्शकहरुका लागि म निराश बनाउँदिनँ।’

‘हजुरहरुसँग जसरी हात जोडेर सहयोग मागे साथ मागे साथ दिनु भो सेमिफाइनल पुगे तर आज हजुरहरुसँग त्यसरी नै फेरि हात जोडेर क्षमा माग्न चाहन्छु किनकि सेमिफाइनल भन्दा अगाडी बढ्न सकिन ।

 


तर, म धेरै खुशी छु हजुरहरुको यत्ती धेरै माया पाईरहेको छु र भोलिको दिनमा नि यसरी नै माया साथ पाईराखुम र हजुरको मनमा सधै बस्नको लागि मैले नयाँ नयाँ काम गर्न पाउ ।

र फेरि अन्त्यमा हजुरहरुलाई धेरै धेरै धन्यवाद सम्मान व्यक्त गर्दै हजुरहरुको प्रत्येक नामहरु लिन नसके पनि एकै मुस्तमा धेरै धेरै धन्यवाद ।’

फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने बताइएको छ । निर्णायकहरुको फाइनलका लागि आफ्नो निर्णय दिन नसक्ने बताइएको छ ।

सिने सन्चार

Related Articles

Back to top button