समाचार
यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]
काठमाडौ । लामो समयपछि सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र ( ड्राइभिङ लाइसेन्स ) को अनलाइन आवेदन खुलाएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ। आवेदन दिने तरिका समेत हामीले तल अपलोड गरेका छौ । सम्बन्धित सबैका लागि अति आवश्यक जानकारी आफुले लिइसकेपछि अरुका लागि सेयर गर्न नभुल्नुहोला ।
wowsansar