समाचार

प्रहरी कार्यालयबाट हराएको एकसाता पछि युवकको श व भेटियो ! प्रहरीमाथि नै परिवारको शं का ?

गत शनिबार साँझ घिरिङ ४ सिप्लुङका बलसिं राना नेपाल आइपुगे। साँझ दमौली आइपुगेका उनी यतै बास बस्ने निधो गरे।व्यास-२ वागबजारस्थित एक रेष्टुरेन्टमा खाजा खान पसेका उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि प्रहरीले उनलाई निय न्त्रणमा लियो।

त्यसक्रममा आफूमाथि ढुंगा प्र हारसमेत गरेको प्रहरीको दाबी छ। एक रात नियन्त्र णमा रहे पछि भोलिपल्ट प्रहरीले प्रशासन कार्यालय पु¥याएर कागज गरेपछि उनलाई छाडेको बतायो। तर उनी घट नाको भोलिपल्टबाट बेपत्ता भए। उनै रानाको श व शनिबार सेतीमादी नदीमा भेटिएको छ। नदीको बीच भागमा अड्किएको उनको श व नेपाली सेनाको कालीभञ्जन गणका सैनिकले डोरीले तानेर झिकेको छ।

प्रहरी नि यन्त्रणबाट फरार कि रिहा ?आफन्तले प्रहरीले परिवारलाई नबुझाइकनै उनी बेपत्ता भएकाले यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने माग गरेका छन्। ‘हामीलाई भोलिपल्ट भेट्न जाँदा गैसक्यो भनियो,’ उनका दाइ बमबहादुरले भने,‘पछि साँझ रिहा गरेको भनियो। परिवारको जिम्मा नै नलगाई कसरी रिहा हुन्छ ?’

झोला लिन आएका थिएः प्रहरी::उनले प्रहरीबाट आफन्तले नबुझिकन नै उनी बेपत्ता भएकाले घ टनाबारे सत्यतथ्य अनुसन्धान हुनुपर्ने माग गरे। तर प्रहरी उपरीक्षक अरुण पौडेल भने प्रशासन कार्यालयमा लगेर बुझाए पछि प्रशासनकै आदेशमा रिहा भएको बताउँछन्।

‘प्रशासनबाटै उनी रिहा भैसकेका हुन्,’ उनले भने,‘झोला र सामान लिन आएका हुन्। तर पिसा ब फेर्न भनि निस्केपछि नआएकाले खोजी थालेका थियौं।’ उनले प्रशासनले नै रिहा गरेकाले उनी रिहा भैसके पनि सामान लिन पर्ने भनेकाले आएको दाबी गरे। ‘रिहा भैसकेकाले हामीले उनी आउलान् भन्ने ठानेका थियौं,’ उनले भने,‘तर नआए पछि निरन्तर खोजी गरिरहेका थियौं।’

तर दाजु बमबहादुरले परिवारका सदस्य भेट्न जाँदा नभएको भनिनु र पछि साँझ निस्केको भनिनुले आफूहरुले घट नालाई शंका स्पद मानेको बताए। ‘यसको निष्पक्ष छानबिन हुनु जरुरी छ,’ उनले भने।

Related Articles

Back to top button