समाचार

स्वेता पछि रेखाको विवाहको चर्चा !

अभिनेत्री स्वेता खड्काको बिहे भएपछि अब बजारमा रेखा थापाको विवाहको चर्चा शुरु भएको छ । उनी अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् ।यसै क्रममा चलचित्र बजारमा रेखाको विवाहको हल्लाले तरंग सिर्जना गरेको छ । छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन ।

अहिले आएको हल्ला साँचो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।

लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा रहेको बुझिएको छ । तर, यी सबै बजारमा चलेका गसिप हुन् ।यदि यो गसिप असाध्यै भरपर्दो हो भने रेखाले केहि वर्षभित्रै कसैको हातबाट सिन्दुर लगाउनेछिन् । र नयाँ जीवनको सुरूवात गर्नेछन् ।

यो पनी:

स्वेता खड्का नाच्दै श्रीमानलाई भनिन् म हजुरलाई मायाले रूवाईदिन्छु

अभिनेत्री श्वेता खड्का सोमबार वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनले विवाह भएको हो
सञ्चारमाध्यममा खड्काको विवाहबारे यसअघि नै समाचार सार्वजनिक भइसकेको थियो । तर, उनले गत आइतबार मात्र यसबारे औपचारिक जानकारी दिएकी थिइन् ।

विवाहबारे खड्काले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी थिइन्, ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु ।

अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो वेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ ।’ यसकारण पनि आफू वैवाहिक जीवनमा बाँधिएको खड्काको भनाइ छ ।

स्वेता खड्का नाच्दै श्रीमानलाई भनिन् म हजुरलाई मायाले रूवाईदिन्छु (हेर्नु’होस भीडीयो)
कार्यक्रम सञ्चालक, मोडेल तथा नायिका रिमा बिश्वकर्माले नेपाली राजनीतिमा प्रवेश गर्ने चाहना ब्यक्त गरेकी छिन् । उनले आफ्नो राजनैतिक यात्रा कहिले सुरु हुने भन्ने चाँही खुलाएकी छैनन् । उनको यो एक इच्छा रहेको रिमाले बताइन् ।

पछिल्लो समय नायिका केकी अधिकारीसँग मिलेर रिमाले प्रोडक्सनको काम गरिरहेकी छिन् । मिल्ले साथी भएकाले रिमा र केकी सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिने गरेका छन् भने उनीहरुका आगामी परियोजनामा पनि सँगै काम गर्ने बताएका छन् । रिमाले आफूलाई राजनीतिप्रति चासो रहे पनि अहिलेका नेताहरूप्रति विश्वास नरहेको बताएकी छिन् ।

उनको बैवाहिक जीवन सुखद रहेन । अहिले पति छाडेर बसेकी नायिका रिमा विश्वकर्माले तत्काल विवाह गर्ने योजना भने नरहेको बताएकी छिन् । बेलायतमा बसोबास गर्ने एकजना एनआरएनसँग विवाह गरेकी रिमाको वैवाहिक जीवन धेरै लामो चल्न सकेन । पछि दुबैले डिभोर्स गरेका थिए ।

रिमालाई उनी आमाले विवाहका लागि दवाव दिने गरेको स्वीकार गरेकी छिन् । रिमाले भविष्यमा कस्तो केटासँग विवाह गर्ने हो केही भनेकी छैनिन् । उनीले आफ्नो वैवाहिक जीवन सफल हुनुको कारण भने खुलाउन चाहेकी छैनन् ।

 

Related Articles

Back to top button