समाचार
बिजुलीको पोलमा जिप ठोक्किदा करेन्ट लागेर दुई जनाको ज्यान गयो
चितवनको चण्डि भञ्ज्याङमा बुलेरो जीप विद्युत पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको जलबीरे चण्डि भञ्ज्याङ सडकखण्डमा ब्रेक फेल भई ना ४ च ५०५० नम्बरको जीप विद्युत पोलमा ठोक्किँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । जीपमा सवार अन्य १० जना घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि भरतपुर लगिएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना भएको जीप जलबीरे चण्डि भञ्ज्याङको स्थानीय मार्गमा चल्ने सवारी रहेको बुझिएको छ ।