अमृतको झुठै झुठको खेती, घरमा श्रीमती छैन भन्ने अमृतको अन्तर्वार्तामै आयो जेठी श्रीमतीको फोन (भिडियो)
सामाजिक संजालमा चिनेको भरमा विवाह गर्दा महिलाहरुको बिचल्ली हुने गरेको घटना नौलो हैन । यस्तै श्रीमान पिडित प्रतिमा अधिकारीको श्रीमान अमृत परियारले गर्भवती बनाएर छोडेर हिडेको भन्दै मिडियामा आएपछि यो विषय चर्चामा छ । आफ्नो श्रीमतीको बिलौना संचारमाध्यममा देखेपछि अमृत पनि मिडियाको सम्पर्कमा त आए तर उनले गल्ति भने श्रीमती कै भएको बताए ।
अमृतले जेठी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरिसकेको र त्यसपछि मात्र प्रतिमा अधिकारीसंग विवाह गरेको बताउदै आएपनि उनको जेठी श्रीमती सुनिता नेपालीसंग सम्बन्ध बिच्छेद नभएको खुलेको छ। तर अमृत मिडियामा आउन थालेपछि जेठी श्रीमती सुनिता नेपाली पनि मिडियाको सम्पर्कमा आएर यसको दावी गरेकी हुन् । सुनिता नेपालीले आफ्नो सम्बन्ध बिच्छेद नभएको समेत बताएकी छन ।
त्यति मात्र हैन अमृतको अन्य युवतीहरुसंग पनि सम्बन्ध रहेको हुन सक्ने उनको श्रीमतीहरुले बताएका छन । उनले काठमाडौँ बस्दा एक तामाङ थरकी युवतीसंग पनि विवाह गरेको अमृतले स्वीकारेका छन ।
पछिल्लो भिडियो अपडेट हेर्नुहोस :