समाचार

खुशीको खबर! लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर खुल्ने केबुलकार आइतबारदेखि देखि पुनः सञ्चालनमा

मनकामना केबुलकार सञ्चालनमा आउने भएको सञ्चालन पक्षले जानकारी दिएको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि देखि पुनः सञ्चालनमा आउने भएको बताइएको छ ।

केही दिन अघि मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको स्थानीय तहसहितको सरोकारवालाको बैठकको निर्णयले मनकामना मन्दिर र बजार खोल्ने भएपछि केबुलकार पनि सञ्चालनमा आउन लागेको हो । स्वास्थ्य सुरक्षाको नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको बताइएको छ ।

केबुलकारको दुवै स्टेशनमा यात्रुहरूको ज्वरो मापन गरिने छ । रुघाखोकीका लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिईने छैन । केबुलकार प्रवेश गर्दा मास्क अनिवार्य र हातमा सेनिटाईज गर्नु पर्नेछ ।

यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध बस्नु पर्ने र केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्ने ब्यवस्था गरिएको छ।

स्टेशन हाता भित्र पिकनिक र बनभोजलाई भने अस्थाई रुपमा बन्द गरिएको छ ।

nepaliviralnews

Related Articles

Back to top button