समाचार

बेहुलीलाई सिन्दुर हालेपछि बिवाह रोकियो, बेहुला रिसाएर प्रहरीकै अगाडीवाट बेहुलीको बहिनी लिएर भागे

एजेन्सी । एक अनौठो बिवाह पुरा नहुँदै रोकिएको छ । बेहुलीको सिन्दुर भरेपछि महिला अधिकारकर्मीहरुको सहयोगमा विवाह रोकियो । किनकी त्यो बालविवाह थियो । उमेर नपुगेकी बालिकाको विवाह हुन लागेको थाहा पाएपछि महिला अधिकारकर्मीहरुले प्रहरीसंगको सहयोगमा विवाह रोकेका थिए ।

यो भारतको घटना हो । भारतको मुरैना जिल्लाको पर्सा प्रहरीले अहिले ति बेहुलालाई खोजी रहेको छ भने बेहुलीको बहिनीको पनि उद्दार गरेको छ ।

दलित नाबालिग केटीको बिवाह भएको खबर मुरैना जिल्लाको पर्सा थाना क्षेत्र अन्तर्गतको गाउँमा भएको हुँदा पुलिस प्रशासन र महिला तथा बाल विकास विभाग सक्रिय भए।

उनीहरुले बालिका बेहुली र बेहुलालाई प्रहरी चौकी लिएर आए । परिवारका सदस्य पनि संगै थिए । उनीहरुमा बेहुलीको बहिनी पनि आएकी थिइन् । प्रहरी र महिला अधिकारकर्मीको आग्रह विपरित ति युवकले बालिका बेहुलीलाई सिँदुर लगाइदिए । पुलिस र प्रशासनले मेडिकल जाँच गरे र केटीलाई मुरैनाको एक स्टप केन्द्रमा भर्ना गराए।

हुँदाहुँदैको विवाह रोकेपछि दुलहा आफ्नी महिला नातेदारलाई लिएर फेरी बेहुलीको घरमा गए । आफुले विवाह गरेको बेहुली नपाएपछि उनले बेहुलीको बहिनीलाई उठाएर हिँडे ।

यसको बारेमा सूचना पाएर पुलिस र प्रशासन सकृय भयो । बालिकाको उद्दार गरेर परिवारको जिम्मा लगायो । यस घटनामा सहयोग पुर्‍याउने दुलहाको आफन्त महिला पनि पक्राउ परेकी छन् ।

Related Articles

Back to top button