सोनिका रोकायवाट किन अलग भइन् रेखा राई ? ‘सोनिका शो’ मा पनि काम गर्दिनन्, खुलाइन् कारण (भिडियो हेर्नुस्)
काठमाडौ । भ्वाइस अफ नेपालमा राम्रो प्रस्तुती दिएर आफ्नो नाम चलाउन सफल गायक साजन लामा अहिले सामाजिक सञ्जालमा त्यती देखिन्नन् । उनी अहिले केही आफ्ना ब्यक्तिगत काममा ब्यस्त भएका कारण सामाजिक सञ्जालमा ब्यस्त हुन नपाएको बताएका छन् । त्यस्तै मोडल तथा युट्युवर सोनिका रोकायसंग भिडियो निर्माणमा सहयोगी भएकी रेखा राई अहिले आफ्नै युट्युवमा लागेकी छन् ।
सोनिका रोकायको ‘द सोनिका शो’ मा सहभागी भइरहेकी उनी अहिले सोनिकावाट छुट्टीएकी छन् । सोनिकासंग मिलेर एक वर्ष सम्म काम गरेकी रेखा लकडाउन पछि पनि उनी सोनिकासंग बझागं पुगेकी थिइन् । अहिले उनीहरुबीचमा समस्या भएको बताइएको छ । उनले सोनिकाको कार्यक्रममा एंगल परिवर्तन भएका कारण आफुसंगै काम गर्न नसकेको बताएकी छन् ।
पहिला भिडियोमा राखिने सामग्री र अहिले ‘सोनिका शो’मा राख्ने कार्यक्रम फरक भएका कारण आफु सोनिकावाट अलग्गीएको बताइन् । उनले पहिला सोनिका विना केही सोच्न पनि सकेको थिइन् तर अहिले सोनिकावाट अलग भएर आएपछि आफुले पनि केही गर्नु पर्छ भनेर काठमाडौ फर्किएको बताइन् ।
उनी लामो समय सम्म बझागं बसेर गाउँले जिवन पनि सिकेको बताएकी छन् । तर लकडाउनका कारण बझागं गएर धेरै कुरा सिकेको र सोनिकाले पनि धेरै कुरा सिकाएको बताइन् । ‘अहिले त पक्का बुहारी भएकी छु उनले भनिन्, सबै काम सिकेकी छु ।’
‘सोनिका शो’ छोडेपनि सोनिकासंगको सम्बन्धमा भने कुनै समस्या नभएको बताइन् । उनले फेरी पनि ‘सोनिका शो’ को कार्यक्रम परिवर्तन भए र सोनिकाले बोलाए आफु जाने बताएकी छन् । ‘पहिलो ‘सोनिका शो’ मा रमाइलो सामग्री राखिन्थ्यो तर अहिले अलि सिरियस खालको सामग्री राख्न थालियो । मलाई रमाइलो मन पर्छ तर सिरियस काम गर्न मलाई अहिल समस्या भयो त्यही भएर काठमाडौ फर्किए’, उनले भनिन् ।