हृदयघात भएर अस्पतालमा भर्ना भएका कोरियोग्राफर रेमोको बारेमा आयो यस्तो समाचार, आफन्त र शुभचिन्तक पुगे अस्पतालको बाहिर
नर्तक कोरियोग्राफर र निर्देशक रेमो डिसूजाको अचानक स्वास्थ्य विग्रिएपछि अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । उनलाई हृदयघात भएको भारतीय संचार माध्यमले जनाएका छन् । उनी मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । उसको अस्पतालमा एञ्जिओप्लास्टी शल्यक्रिया गरिएको छ । हृदयघात भएपछि बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना गर्न लागिएको थियो।
रेमो डिसूजालाई शुक्रबार दिउँसो २.३० बजे हृदयघात भएको थियो । रेमोको मुटुबाट अवरोध हटाइए पछि उनी आईसीयूमा सारिएका छन् । रेमोको साथ उनकी श्रीमती लीजेल पनि छन्। उसको अस्पतालमा एञ्जिओप्लास्टी शल्यक्रिया गरिएको छ । भनिन्छ कि रेमोको अवस्था अहिले स्थिर छ। उनका आफन्त र शुभचिन्तक अस्पतालको बाहिर बसेर स्वास्थलाभको कामना गरिरहेका छन् ।
यो समाचार एक न्यूज च्यानलबाट बलिउड कोरियोग्राफर र रेमोका सिनियर अहमद खान द्वारा पुष्टि गरिएको छ। रेमो आफैंले ६ बर्ष अहमदसँग काम गरिसकेका छन्। उनले धेरै फिल्महरूमा अहमद खानलाई सहयोग गरेका छन् । रेमो र अहमद दुबै एक अर्काको नजिक छन्।
रेमो डीसूजाको वास्तविक नाम रमेश गोपी हो । उनी भारतीय नृत्यकार, कोरियोग्राफर, कलाकार र चलचित्र निर्देशक हुन् । ब्याकग्राउण्ड डान्सरदेखि चलचित्र निर्देशकसम्म बन्दा रेमोको जीवन सङ्घर्षले भरिएको छ । डान्स इन्डिया डान्समा जज भएपछि उनी चर्चामा आउन सुरु गरेका हुन् ।
आजसम्म आउँदा उनले ९० भन्दा बढी चलचित्रमा कोरियोग्राफी र डान्स इण्डिया डान्स, डान्स प्लस, डान्स के सुपरस्टार लगायतका विभिन्न टिभी सोमा जज पनि बनिसकेका छन् । यसै गरी उनले सातवटा चलचित्रमा निर्देशन पनि गरिसकेका छन् ।