ओखर खान जान्नुभयो भने शरीरमा आउँनेछ चमत्कार, स्वास्थ्यमा अद्भूत लाभ
काठमाडौं । ओखरलाई ब्रेन फूड अर्थात दिमागको खाना भनिन्छ । किनभने यसमा भिटामिन–ई सहित अन्य धेरै आवश्यक पोषक तत्वहरू पाइन्छ । ओखरले हाम्रो दिमाग फिट राख्छ । क्यालिफोर्निया विश्वविद्यालयको एक अनुसन्धानका अनुसार ओखर खानाले दिमाग तेज बनाउनुका साथै एकाग्रता पनि बढाउँदछ ।
यसले २६ प्रतिशत डिप्रेसनलाई घटाउँन पनि सहयोग गर्दछ । ओखरले पेटसँग सम्बन्धित रोगहरूबाट राहत दिन्छ । यसमा पाइने फाइबर तत्वले कब्जियतको समस्याबाट छुटकारा दिन्छ । आज हामी ओखर खानु हाम्रा लागि कति लाभदायक हुन्छ त्यसका बारेमा चर्चा गर्न गइरहेका छौँ ।
१, दिमाग
ओखरले स्मरण शक्ति बढाउनुका साथै स्नायु प्रणालीमा सुधार ल्याउन महत्वपूर्ण भुमिका खेल्दछ । ओखरमा ओमेगा–३ फ्याट हुन्छ । यो मुटुको साथसाथै दिमागका लागि पनि लाभदायक हुन्छ । ओमेगा–३ फ्याट्टी एसिडले भरपुर खाना खाने गर्नाले स्मरण शक्तिमा सुधार र स्नायु प्रणालीमा गज्जबको लाभ पुर्याउने काम गर्दछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
२,कपाल
यदि तपाइँ लामो र कडा कपाल चाहानुहुन्छ भने ओखर खानुहोस् । ओखरमा पोटेशियम, ओमेगा–३, ओमेगा–६ र ओमेगा–९ तत्व भरपुर मात्रामा हुन्छ । यी सबै पोषण कपालको लागि धेरै महत्त्वपूर्ण हुन्छन् । नियमित ओखर खानाले कपाल लामो र कडा हुने मात्रै होईन चमक पनि बढ्छ ।
३, छाला
ओखरले हाम्रो छालाको चमक सुधार गर्दछ । ओखरमा पाउने एन्टिआक्सिडन्ट तत्वहरूसँगै अन्य पोषक तत्वहरू पाइन्छ । एन्टिआक्सिडन्टले छालाको चमक बढाउन सहयोग गर्दछ । ओखरमा धेरै पोषक तत्वहरू हुन्छन् जस्तै प्रोटीन, क्याल्सियम, म्याग्नेशियम, फलाम, फस्फोरस, तामा, सेलेनियम, ओमेगा–, फ्याट्टी एसिडहरू लगायत रहेका छन् ।
४, हड्डी
ओखरले हाम्रो हड्डीहरूलाई बलियो बनाएर अस्टियोपोरोसिसलाई रोक्न सहयोग गर्दछ । ओखरले अल्फा–लिनोलेनिक एसिड, फास्फोरस र क्याल्सियम लगायत तत्वहरु प्रदान गर्दछ । यी तत्वहरुले हड्डीहरूलाई बलियो बनाउँदछन् । ओखरले हड्डीहरूमा अस्टियोपोरोसिस रोक्छ, साथै तामाको हड्डी खनिज घनत्व पनि कायम गर्दछ । ओखरमा रहेको ओमेगा–३ फ्याटी एसिडले शरीरमा भएको सुन्नीने समस्यालाई पनि केही हदसम्म हटाउँछ ।
५, तौल घटाउन
ओखरले हाम्रो तौल घटाउन सहयोग गर्दछ । बायोटेक्नोलजी राष्ट्रिय सूचना केन्द्रका अनुसार ओखरले तौल नियन्त्रण गर्न मद्दत गर्दछ । अधिक क्यालोरी भए पनि, यसले भोक नियन्त्रण गर्दछ । फाइबरजस्तो तत्व पाइने भएकोले, यो तौल घटाउनेहरूका लागि लाभदायक हुन्छ ।
६, मधुमेह
ओखरले मधुमेहलाई तह लगाउन पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । बेइजिङमा गरिएको एक अनुसन्धानले ओखरमा पाउने एन्टि डायबेटिक गुणहरूले रगतमा चिनीको मात्रा कम गर्दछ । यसले मधुमेह बिरामीहरूलाई राहत प्रदान गर्न सक्छ ।
ओखर हाम्रो गाउँघरमा जहाँ पनि पर्याप्त मात्रामा पाउन सकिन्छ। यसको सदुपयोग गर्न सके धेरै नै लाभ उठाउन सकिन्छ । त्यसैले यो जानकारी हरेक नेपालीसम्म पुग्ने गरी सेयर गर्नुहोला ।