टीका सानु लाई शिशिरले लेखे लामो स्टाटस कति पनि बिचलित नभै अगाडि बढ्नु होला म तपाईको साथमा छु {स्टाटस सहित }
मेरो आत्मिय मित्र, सरल स्वभाव, खारिएको प्रतिभा, सुन्दर व्यक्तित्व भएकी गायिका टिका सानुसँग गनेर नै भन्ने हो भने मैले ४/५ पटक भेटेको हुँला । हरेक भेटमा मैले उहाँलाई उस्तै सरल पाएको छु, कतै घमण्ड देखिन । टिका जी, जुन बिवाद पछिल्लो समय आएको छ, यसबाट कति पनि बिचलित नभै अगाडि बढ्नु होला ।
चर्चामा रहेका व्यक्तिहरुको बिषयमा बिवाद उठ्नु नौलो कुरा होईन्, यस बिवादबाट पाठ सिक्दै, आफ्ना कमजोरीहरु सुधार्दै अगाडि बढ्नुहोला । दर्शकहरु इन्द्रेणीमा तपाईको दोहोरीका स्वादिला टुक्काहरु हेर्न सधैं आतुर हुनुहुन्छ । तपाईसँग छिट्टै नै अर्को लाईभ दोहोरी भिड्न मन छ । हामी तपाईको साथमा छौं Namasta Love Npl कृपया, असभ्य कमेन्ट नगरिदिनुहोला, सल्लाह र सुझाव दिई कमजोरी सुधारेर आगामी दिनमा निखारिन सघाऊ पुराउनु होला ।
इन्द्रेणी बिवादबारे टिका सानुले पहिलो पटक मिडियामा बोलिन् । के कृष्ण कडेंलसँग सम्बन्ध बिग्रिएको हो ? (हेर्नुस् भिडियो)
इन्द्रेणी कार्यक्रममा बोलेको एक अभिव्यक्तिका कारण बिवादमा रहेकी टिका सानुले यस्तो भनेकी छिन् । टिकाले कृष्ण कडेंलसँग सम्बन्ध बिग्रिएको हो या हैन, प्रष्ट पारेकी छिन् । टिकाले लेखेकी छिन्, सबैमा नमस्कार।
नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।
उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्। तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो । (भिडियो हेर्नुस)
kavrepati