२४ घण्टा नबित्दै सिसिटिभीमार्फत प्रहरीले फेला पार्यो अटो रिक्सामा छुटेको ७ लाख ४० हजार
नेपालगन्ज। अटो रिक्सामा झोला छुट्दा ७ लाख ४० हजार हराएका घोराहीका दत्त नागलाई २४ घन्टा नपुग्दै बाँके प्रहरीले रकम फेला पारी बुझाएको छ।
नेपालगन्जमा अटो रिक्सा चडेर दाङ जाने क्रममा सोमबार नागको पैसा राखेको झोला नागले प्रहरीलाई खबर गरेका थिए। भारतबाट काम गरेर नेपाल फर्कने क्रममा नागले झोलामा राखेर ७ लाख ४० हजार ल्याएका थिए।
पैसा राखेको झोला छुटेको रिक्सा सिसिटिभीमार्फत हेरेर प्रहरीले अनुसन्धान गरेको थियो। मंगलाबार (आज) पत्रकार सम्मेलन गरेर प्रहरीले नागलाई पैसा फिर्ता गरेको हो।
रिक्सा चालक देशराज बर्माले नागको पैसा सुरक्षित राखिदिएका थिए। प्रहरीले सोधपुछ गर्नासाथ बर्माले पैसा सहितको झोला बाँके प्रहरीलाई बुझाएका हुन्।प्रहरीलाई खबर गरेको २४ घण्टा नबित्दै बाँके प्रहरीले रकम खोजेर बुझाएका हुन्।
पैसा हराउनासाथ प्रहरीले सूचना पाएकाले र सिसिटिभी पनि त्यस क्षेत्रमा जडान हुँदा अनुसन्धानमा सहज भएको थियो। हराएको रकम खोज्न बाँके प्रहरीले तत्कालै २ वटा टोली खटाएको प्रहरी उपरीक्षक ओम रानाले बताए।
यसै गरी बाके प्रहरीले माछापुच्छे बैकको एटिमबाट पैसा चोरी गर्ने कार्यमा संलग्न २ भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा सीमावर्ती भारतीय गाउँ बाबागन्जका २१ वर्षीय सलवान मोविन अली छन्।