समाचार

पहिलोपटक बिबाहपछि श्वेता खड्काको श्रीमान सहित परिवारसँग “Exclusive” गफ, सासु र जेठानी साथी जस्तै (भिडियो)

काठमाडौं | नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्विकार गर्लान् ? भन्ने प्रश्न पनि सोधेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

स्वेता नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, करिब एक महिनापछि २०७१ साल साउन २५ गते उनको उपचारका क्रममा भारतमा निधन भएको थियो । स्वेताले ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हासी देउ एक फेर’, ‘कोहिनूर’, ‘कान्छी’ जस्ता चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।

बिवाह पछि स्वेताले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेकी छन्, ‘अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । ‘

मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।

 

Related Articles

Back to top button