धादिङ अस्पतालमा एक महिलाले जन्माईन तीन शिशु
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ बर्षिय महिलाले तीन छोरीलाई जन्म दिएकी छिन् । मंगलबार धादिङ अस्पताल धादिङमा शल्यक्रिया गरी ति’म्ल्याहा बच्चा झि’कीएको अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।
ति’म्ल्याहा बच्चाको तौल अठार सय, पन्ध्र सय र पच्चिस सय ग्रामका रहेका छन् । शिशुहरुको अवस्था सामान्य रहेको छ । शल्यक्रियाद्वारा एकै जना महिलाले ३ ओटा शिशुहरु जन्माएको धादिङ अस्पताल धादिङको यो नै पहिलो रेकर्ड रहेको छ । अस्पतालका अनुसार महिला र शिशुको स्वास्थ्य अवस्थामा राम्रो रहेको छ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अनिसा श्रेष्ठ र शल्य क्रिया टिममा सहभागी डा.पुजश कर्माचार्य,डा.सबिन भन्डारी, स्वास्थ्य कर्मी लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा,एस्तर तामाङ र सरस्वती मल्ल लगायतको टोलीले शल्यक्रियामा सहयोग गर्नुभएको हो । धादिङ अस्पताल धादिङको प्रसुती सेवा प्रभावकारी रहेको छ ।