घरमा कुन जनावरको मूर्ति राखेमा के फल पाइन्छ ? जान्नुहोस !
काठमाडौँ। हामिले आफ्नो जीवन सरल र सुखमय बनाउन विभिन्न उपायहरु खोजिरहेका हुन्छौं । हरेक दिनको भाग दौड र धेरै मेहनत गरेपछि मात्र मानिसले सफलता हासिल गरेको हुन्छ । यस्तै हामिले घर र परिवारमा सुख र समृद्धि ल्याउन घरमा केही चीजहरु ल्याएर राखेमा राम्रो हुने विश्वास पनि छ । यस्ता केही मूर्तिहरु छन् जुन घरमा राख्दा सुख शान्ती र राम्रो फल पाइने विश्वास छ ।
यदि हामिले कछुवा, हात्ति, गाई, घोडा जस्ता जनावरका जोडीको मुर्ती ल्याएर घरमा राखेमा विभिन्न फलहरु पाइने बास्तुशास्त्रमा बताइएको छ । यदी तपाईले घरमा दुई गाई अथवा गाई र गोरु अथवा गाई र बाच्छीको मूर्ति राखेमा घरमा भगवान कृष्णको बास हुने विश्वास गरिएको छ । यस्तो जोडीको मुर्ती राखेमा भगवान कृष्णको बास हुने हुनाले घरमा प्रेम, शान्ति र संस्कार आउने शास्त्रमा बताइएको छ ।
त्यस्तै घरमा हात्तिको जोडीको मूर्ती राखेमा पनि राम्रो हुन्छ । हात्तिलाई लक्ष्मीको वाहान मानिने हुनाले यस्तो मूर्ती घरमा राख्दा घरमा लक्ष्मीको वास हुने विश्वास गरिन्छ। त्यस्तै घरमा घोडाको जोडी राखेमा यसले शक्ति, स्फुर्ति र सक्षमता दिने विश्वास छ । घरमा कछुवाको जोडी राख्दा पनि सुख, शान्ति र सम्पन्नता हुने विश्वास छ ।