बुधबार यी १० उपाय गर्नुहोस् ,मिल्नेछ लाभ !
गणेश जी को पूजा बिधि
बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राख्नुहोस। सफा आसनमा बस्नुहोस् र भगवान गणेशलाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गरौ। गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्यंत शुभ मानिन्छ। पूजा पूर्ण गरेर गणेशलाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गणपतये नमः।
दिन भरि व्रत राखे पछि बेलुका पनि पूजा अवश्य गर्नु पर्दछ।। यो दिन भागवत महापुराणको पाठ गर्नु पनि शुभ मानिन्छ। बुधवारको पूजामा हरियो रंगको अत्यंत महत्व हुन्छ यो दिन हरियो रंग को फल, फूल और वस्त्र बस्त्र दान गर्नु शुभ मानिन्छ। बुधवारको व्रतमा नुन् खान वर्जित हुन्छ। दिनमा एक पल्ट मात्र भोजन गरौ र दही, मूंगको दालको हलवा या कोई पनि हरियो वस्तुले बनेको चीज खानुपर्छ। यो उपाय पनि अपनाउ भगवान गणेशलाई घिउ र गुड़को भोग लगाउ। भोग लगाएपछि घिउ-गुड़ गाईलाई खुवाउ। यस्तो गर्दा घरमा धन व खुशहाली आउन्छ।
यदि घरमा नकारात्मक शक्तिहरुको वास छ भने घरको मंदिरमा सेतो रंगको गणपतिको स्थापना गरुनु पर्दछ। यसले सबै प्रकारको नराम्रो शक्तिको नाश हुन्छ। बुध ग्रह खराब चलिरहेको छ भने कुनै मंदिरमा गएर हरियो मूंगको दान गरौ। यसले बुध ग्रहको दोष शांत हुन्छ। बुधवारको दिन बिहान स्नान गरेर गणेश जी को मंदिरमा उनलाई दुबोको ११ या ६ गांठ अर्पित गरौ। यस्तो गर्दा कार्यहरु चाडैनै शुभ फल मिलने थाल्नेछ।
बुधबार यी १० उपाय गर्नुहोस्, इच्छा पूरा हुन्छः
१- पहिलो पूज्य गणेशलाई गुड़ र धनियाको भोग अत्यन्तै शुभ मानिन्छ। क्षमता अनुसार, तपाइँ प्रसादको रूपमा मोदक वा लड्डू पनि प्रदान गर्न सक्नुहुन्छ। २- गणपति जीलाई दुर्वा चढाएमा पनि फाइदा हुन्छ। ३- यदि तपाईंले खसेको तुलसीको पात खानुभयो भने यो पनि लाभदायक हुन्छ। ४- जब तपाईं यस दिनमा बाहिर जानुहुन्छ, सौंफ खाएर बाहिर जानुहोस्।
५- हरियो रुमाल सँगसँगै राख्नु राम्रो हुन्छ। हरियो रंग बुधवार मा शुभ छ। ६- यस दिन हरियो लुगा लगाउनु राम्रो हो। ७- बुधवारको दिन, मन्त्र जाप ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय नम: को भोग को जप गर्नु शुभ मानिन्छ । ८- बुधवारको दिन १०८ पटक ॐ नमो भगवते वासुदेवाय नम: मन्त्र जप गर्नुहोस।
९- बुधबार तपाईले आफ्नो क्षमता अनुसार मुगको दाल र तामाको वस्तु दान गर्न सक्नुहुन्छ। १०-बुधसँग सम्बन्धित रोगहरूबाट छुटकारा पाउन रातमा एुटा तामाको भाँडोमा पानी भर्नुहोस। बिहान त्यही पानी पिनुहोस।