मोरङ मिक्लाजुङका शिक्षक हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लियो, विज्ञप्ति जारी !
मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेमा हिजो मंगलबार बिहान स्थानीय एक शिक्षकको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको जानकारी रहेको छ।
स्थानीय सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र श्रेष्ठको बिहान ७ बजे एक समूहले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको थियो। हत्यामा भूमिगत विप्लव समूहको पार्टीेको संलग्नता रहेको प्रहरीले आशंका गरेको थियो तर हिजो बेलुकानै मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै विप्लव समूहले उक्त घटनाको जिम्मेवारी लिएको छ ।
जारी गरिएको विज्ञप्तिमा शिक्षक राजेन्द्र श्रेष्ठले लामो समय देखी सुराकी गर्दै अाएको र पटक पटक सम्झाउदा पनी नमानेको भनेर उल्लेख गरिएको छ। साथै हिजो उनलाई सम्झाउन जादा शिक्षक राजेन्द्र श्रेष्ठ हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको जानकारी गराईेको छ।