भाडा तिर्न नसकेर कोठाबाट निकालिएका थिए पल : पैसा कमाउन ट्याक्सी समेत चलाए, होटलमा चिया खाएको पैसा पनि अझै तिरेका छैनन् (भिडियो हेर्नुस्)
कामाण्डौ । ‘२० हजारको कमाई हुँदा मैले गाउँबाट आमा र बहीनीलाई एकदमै हिम्मतकासाथ काठमाण्डौ बोलाएको थिएँ । तर त्यो हिम्मत बीच बाटोमै टुट्यो ।’ यो भनाई हो मोडेल तथा नायक पल शाहको । उनले यो कुरा आफ्नो विगतको दिन सम्झंदै सुनाएका थिए ।
पलको शरुवाती दिनहरु सोंचे जस्तो नहुँदा उनले आफु आफ्नै गाउँ फर्कने योजना बनाएको पनि सुनाए । ट्याक्सी चलाएरै भएपनि जीवनको गुजारा गर्छु भन्ने सोंचेर आफुले ट्याक्सी सिकेको कुरा पनि सुनाए ।
पल भन्छन्,‘कलाकारले सबै विधामा आफुलाई होम्नु पर्छ भन्ने छैन । कलाकारलाई पनि रोजेर काम गर्ने अधिकार हुन्छ । त्यसैले कसैले पट्टीकुलर एउटै विधा समातेर काम गरिरहनु भएको छ भने कसैले सबै विधामा आफुलाई सर्मर्पित गरिरहनु भएको छ ।
कलाकार पनि एउटा व्यक्ति भएको हुनाले उसको पनि व्यक्गित रोजाईको कुरा हुन्छ । जुन सबैले बुझिदिनु पर्छ ।’ यति भन्दै गर्दा पलले अगाडी आफ्ना योजना र रोजाईका कुरालाई पनि सुनाए । उनले आफ्नो धराताल नर्बिसने बताए ।
पल भन्छन्,‘म यो क्षेत्रमा म्यूजिक भिडियोबाट आएको हुँ । त्यसैले मैले त्यो धराताललाई छोड्दै छोड्दिन । त्यसका अलावा मैले आफुलाई राम्रो लागेको सबै काम गर्नलाई नाई भने भन्दिन ।
मैले मेरो मेन्टालिटीमा के सेट गरि सकेको छु भने, राम्रो काम जे आउँछ सबै गर्छु ।’ पलले आफुलाई के गर्दा आत्मसन्तुष्ट हुन्छ मान्छेले त्यो नै राम्रो काम गर्न पछि नपर्ने सुझाव दिए ।