समाचार

बेलायत र बहराइनले कोरोनाको खोप ल्याएसँगै घट्न थाल्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य आज घटेको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा साताको पहिलो दिन आज आइतबार प्रतितोला २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ । त्यस्तै आइतबार तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ महासंघले जनाएको छ ।

महासंका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको छ । बेलायत र बहराइनले कोरोनाको खोप आफ्ना नागरिकलाई प्रयागको सुरुवात गर्ने खबरहरु आएसँगै विश्वमा नै तरंग पर्दा भएको र सुनको मूल्य घटेको विश्लेषण सुरु भएको छ ।

 

Related Articles

Back to top button