समाचार
नायिका श्वेता खड्काले भोली प्रेमी विजयन्द्रसँग धुमधामले विबाह गर्दै, तयारी अन्तिम चरणमा पुगेको श्वेता आँफैले दिइन् जानकारी
काठमाडौँ । नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग सोमबार काठमाडौँबाट लगनगाँठो कस्दैछिन् । पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि २२ गते उनले गोकर्ण फरेस्ट रिसोर्टबाट विबाह गर्न लागेकी हुन् ।
विबाहको सम्पूर्ण तयारी पूरा भएको श्वेताले ओएस नेपालसँगको कुरकानीमा जानकारी दिइन् । विबाहको तयारी अन्तिम चरणमा पुगेका बेला श्वेताका हुनेवाला पति विजयन्द्र सिंह रावतले ब्याचलर पार्टी दिएका छन् ।
ओएस नेपाललाई प्राप्त उक्त भिडियोमा विजयन्द्रका नजिकका साथीहरुलाई देख्न सकिन्छ । भिडियोमा श्वेताका हुनेवाला पतिका साथीहरुमाझ विजयेन्द्र निकै खुशी देखिएका छन् ।
भिडियोमा केक काट्नेक्रममा केकले हानाहान गरेको दृश्य निकै रमाइलो छ । हेर्नुहोस् श्वेताका हुनेवाला पतिले दिएको व्याचलर पार्टीको यो एक्सक्लुसिभ भिडियो