समाचार
दाङमा पिकनिकबाट फर्किदै गरेको जीप दुर्घटना
दाङमा जीप दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ। दुर्घटनामा परि अन्य दुईजना गम्भीर घाइते भएका छन्।
घोराही उपमहानगरपालिका १७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका १७ का ३५ वर्षीय विजय अधिकारीको मृ’त्यु भएको हो।
दुर्घटनामा परि सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराही १५ का ३६ वर्षका समिर पन्त घाइते भएका छन्।
घाइते दुबैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए।
घोराही–४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिकबाट घोराहीतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको स्थानीयले बताएका छन्।