समाचार

दुःख गरेर बनेको पार्टी विभाजन हुँदैन – बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टी विभाजन नहुने बताएका छन् । सोमबार बनेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले दुःख गरेर बनेको पार्टी विभाजन नहुने बताएका हुन्

उनले एकले अर्कालाई लखेट्ने प्रवृत्ति छाडेर नेतृत्वले समझदारी राख्नुपर्ने बताए । कार्यक्रममा उनले आम–क्रान्ति र विद्रोह भनेको जनताका सम्पूर्ण अधिकार खोसिएका बेला मात्रै हुने पनि बताए ।

उक्त पार्टी प्रवेश कार्यक्रममा नेत्रविक्रम चन्द समूहका ७० नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

 

Related Articles

Back to top button