मनोरंजन

हिरासतवाट छुटेपछि भारतीले भगवानलाई धन्यवाद दिँदै यस्तो भनिन्

यतिबेला बलिउड हाँस्य कलाकार भारती सिंह र उनको पतिको बारेमा संचार माध्यममा निकै चर्चा छ । बलिउडमा ला’गू औ’ष’धको लामो जालो रहेको देखिएको छ । भारती र उनका श्रीमानलाई पनि प्रहरीले सोही घटनामा पक्राउ गरेको थियो ।

उनीहरुको घरवाट गाँ’जा समेत वरामद भएको थियो । दुई दिनको हिरासत वसाई पछि भारतीलाई अदालतले उनको जमानत स्वीकार गर्दै रिहा गर्ने आदेश दिएको थियो । हिरासतवाट निस्किएपछि भारतीले सामाजिक सञ्जाल मार्फत प्रतिकृया सार्वजनिक गरेकी छन् ।

उनले इन्टाग्राममा भगवान गणेशको तस्बिर राखेर धन्यवाद दिएकी छन् । उनले राखेको गणेशको तस्बिरसंगै गणेशको आरती धुन पनि सुन्न सकिन्छ । भारती र हर्ष दुबैको जमानत भएको छ तर एनसीबीबाट घटनाको अनुसन्धान भैरहेको छ।

भारतीलाई जमानत पाउनु ठूलो राहत हो। उनी आफैंले यो बुझेकी छन्, यस्तो अवस्थामा उनले सोशल मिडियामा एउटा विशेष पोष्ट साझा गरेकी हुन् । उनको यो प्रतिकृयाले यो प्रमाणीत हुन्छ की उनले धेरै राहतको अनुभव गरेकी छन् ।

यस्तो तर्क पनि गरिएको छ की विवाद पछि, भारतीलाई कपिलको शोबाट हटाइनेछ, तर भारतीको यस्तो प्रतिकृयाले उनी फेरी शो मा फर्कने संकेत गरेको छ ।

Related Articles

Back to top button