कोरोना संक्रमणको कारण एकदिनको अन्तरालमा दाजुभाइको मृत्यु
मोरङ। मोरङको लेटाङ नगरपालिकामा एकै परिवारका दुई सदस्यको कोरोना संक्रमणको कारण मृ’त्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको एकदिनको अन्तरालमा कोरोनाका कारण मृ’त्यु भएको हो ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि दाजुभाईलाई नै विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बिहीबार विहान दाई गोपाल र शुक्रबार विहान करिब ११ बजे भाई ईश्वरीप्रसाद कोइरालाको उपचारका क्रममा मृ’त्यु भएको हो।
अस्पतालका अनुसार कोरोना पुष्टि भएसंगै मंसिर २ गते अस्पताल भर्ना भएका भाई ईश्वरीको भने मंसिर ९ गते दोस्रोपटक गरिएको पिसिआर परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको अवस्थामा विहान मृ’त्यु भएको हो।
यद्धपी, दाई गोपाललाई भने मंसिर ९ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो। गोपालले लेटाङमा ब्यवसाय गर्दै आएका थिए। कोरोना संक्रमण पुष्टि भएसंगै ईश्वरीमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालको भनाई छ।
अस्पतालका प्रबन्धक दाहालका अनुसार उपचारका क्रममा ईश्वरीमा रेम्डेसिभिर औषधीसंगै प्लाज्माथेपारीबाट उपचार भइरहेको थियो।