प्रचण्डलाई ओलीको जवाफी प्रतिवेदनः सरकार ढाल्ने, मतपत्र च्यातेर छोरीलाई जिताएको होइन ?
काठमाडौ । नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले पार्टी र सरकारको समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दर्जनौ आरोप लगाए । प्रचण्डको समिक्षा आरोपलाई ओलीले राजनीतिक नभई ब्यक्तिगत प्रतिसोधका रुपमा लिएका छन् ।
प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ ओलीले राजनीतिकरुपमा नभई ब्यक्तिगत लालछानाबाट दिने भएका छन् । विगत एक सातादेखि आफु निकटका नेतालाई राखेर ओलीले प्रचण्डको जवाफी प्रतिवदेदन तयार गरेको स्रोतले बताएको छ ।
ओलीको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, राजनीतिक सल्लाहकार बिष्णु रिमाल, उपप्रधानमन्त्री इश्वर पोखरेल र सुवास नेम्वाडले तयार पारेका छन् । करिव ४० पेज लामो राजनीतिक प्रतिबेदनका कुनैपनि शब्द आत्मआलोचना र आत्मबोध छैन । उल्टै प्रचण्डमाथी दर्जनौ आरोप लगाइएको छ । पार्टी एकताभन्दा पहिले प्रचण्डले गरेका कामलाई ओलीले मुख्य आरोप बनाएका छन् । कटुवाल प्रकरणदेखि युद्ध अपराधिसम्मको आरोप प्रचण्डमाथी लगाएका छन् ।
्झण्डै एक बर्षअघि प्रचण्डले काठमाडौंको टुडिखेलमा जनयुद्धका क्रममा १७ हजार मानिस मारिएको र पाँच हजार आफुले जिम्मा लिने बताएका थिए । प्रचण्डको त्यही बोलीलाई ओलीले अन्तराष्टिय अपराधीको संज्ञा दिएका छन् र प्रचण्डलाई हेगमा उभ्याउने घुमाउरो चेतावनी दिएका छन् ।
ओलीको जवाफी प्रतिवेदनमा छोरीलाई मतपत्र च्यात्न लगाएर चुनाव जिताएको, माधव नेपाललाई राष्टपति हुन रोकेको, गिरिजा प्रसाद कोइराला र माधव नेपालमा खेलेर पहिलो संविधानसभा भंग गरेको, आफ्नो पहिलो सरकार कांग्रेससँग मिलेर ढालेको, भारतमा गएर अस्थिरता पैदा गरेको जस्ता आरोप ओलीको प्रतिवेदनमा लगाइएको छ ।