युएईमा नयाँ कानून: र क्सी खान पाइने, बिहे नगरी सँगै बस्न पाइने, यस्तो छ त्यहाँ भएका नेपालीहरुलाई नयाँ ब्यवस्था
संयुक्त अरब इमिरेट्स (युएइर्) ले नयाँ कानून ल्याएको छ । पुरानो कानूनमा केही परिवर्तन गरेर आफ्ना नागरिकहरुका लागि नयाँ कानून ल्याएको हो । यो सानो गल्फ मूलुकमा झण्डै ८५ लाख जनसंख्या भएको बताइन्छ ।
यूएईका नागरिक र त्यहाँ बसिरहेका प्रवासीको जीवन थप सहज बनाउनका लागि यो संशोधन गरिएको त्यहाँको सरकारले बताएको छ । संयुक्त अरबमा धेरै नेपालीहरु कामदारका रुपमा र केही विज्ञका रुपमा समेत कार्यरत छन्।
त्यहाँ रहेका नेपालीहरुका लागि समेत यो संशोधनले फाइदा पुग्ने बताइएको छ । अब नेपालीहरुलाई व्यक्तिगत मामिलामा आफ्नो देशको कानून अनुसार काम कारवाही गर्ने अनुमति हुनेछ ।यो परिवर्तनमा प्रवासी समुदाय र कानूनी विशेषज्ञको निकै प्रतिक्रिया आइरहेको छ । अन्तर्राष्टिय कानूनी फर्म बेकर म्याकेन्जीका वकिल आमिर अलखजाले भनेका छन्, ‘नयाँ संशोधन लगानीकर्तालाई विश्वास दिलाउने कोसिसको रुपमा उठाइएको कदम हो ।’
संयुक्त अरब इमिरेट्का राष्ट्रपति शेख खलिफा बिन जायेदले ७ नोभेम्बरमा फरमान जारी गरेर यी परिवर्तनको घोषणा गरेका हुन् र यो संशोधन तत्काल लागू गरिने जानकारी दिए ।प्रवासीका लागि डिभोर्स र सम्पत्तिसँग जोडिएको कानूनमा हुन लागेको संशोधन सबैभन्दा महत्वपूर्ण हो । लाइसेन्स बिना र क्सी खाँदा अब कुनै पनि प्रकारको सजायको सामना गर्नुपर्ने छैन