समाचार

कसैलाइ पनि नहोस् यस्तो…

शुक्रबार दिउसो उनी मायामेट्रो हस्पिटलमा भुइतलामा भित्र बाहिर गर्दै थिइन । काखमा दुधे बालक रुदै दुध चुसिरहेको थियो । उनका आँखाबाट आँशुका बलिन्द्र धारा बगेका बग्यै थिए ।

घाँटीमा चोट लागेको छ । राम्ररी हल्लाउन सक्दिनन् । सँगै आएका श्रीमान कहाँ छन् उनलाइ केही थाहा छैन ।बैतडीको पाटनमा केही बेर रोकिएपछि बस खोड्पेको उकालो चढ्न थाल्यो । राति दस बज्नै लागेको थियो । यात्रु कोही सिटमै निदाउँदै त कोही झकाउँदै थिए ।बैतडीको दुर्गम बस्ती दोगकेदार गाउँपालिकाको सेलनीकी २४ वर्षीया विमला कुँवरले पनि होस खुल्दा आफूलाई भिरालो जमिनमा पाइन् । पतिसँग माइतीघर कञ्चनपुरको बेलौरी आउँदै गरेकी उनी निदाउने सुरसारमा थिइन् । काखमा डेढवर्षे बच्चा दूध चुसिरहेको थियो । बस कतिखेर खस्यो, उनले पत्तै पाइनन् ।

 

होस खुलेपछि उनले वरिपरि हेरिन् । बच्चा नजिकै रोइरहेको थियो । उसको टाउकोबाट रगत बगिरहेको थियो । उसलाई झटपट काखमा च्यापिन् । अनि पतिलाई खोज्न थालिन् । घटनास्थलमा कोलाहल मच्चिरहेको थियो । घाइतेहरू रोइ–कराइ गरिरहेका थिए ।केही बेरमा उद्धार टोली आएर विमलालाई सडकसम्म ल्यायो । अहिले उनीसँगै बच्चालाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल ल्याइएको छ । अस्पतालको शय्याबाटै उनी ‘मेरो श्रीमान् खोइ’ भन्दै खोधखोज गरिरहेकी छन् । तर, उनलाई आफन्तले भन्न सकेका छैनन्– श्रीमान् करनसिंह ऐरीको घटनास्थलमै मृत्यु भइसकेको छ ।

दु्र्घटनामा घाइते भएका पुरन टमाटा माया मेट्रो अस्पतालमा । आफन्तका अनुसार करनसिंहको शव विमला अड्किएको ठाउँभन्दा करिब २ सय मिटर पर भेटिएको थियो । उनी बसमुनि च्यापिएका थिए । बसमा खराबी आएको भनेर केही बेर पाटनमा रोकिएको पनि थियो । त्यसको केही समयपछि नै दुर्घटना भएको हो । ‘तिहार माइती घरमा भाइटीका लगाउने विमलाको सपना अधुरो मात्रै रहेन श्रीमानको सपना पनि अधुरै रह्यो । काठमाडौं बस्ने गरी आउँदै थियौं,’ उनले भनिन्, ‘लोकसेवाको तयारीसँगै जागिर पनि खोज्ने श्रीमान्‌को योजना थियो ।’ उज्यालो सन्देशबाट

Related Articles

Back to top button