Beraking News.सरकारबाट ७७ वटै जिल्लाका लागि आयो आकस्मिक सुचना ! ( सबैले पढ्नैपर्ने )
काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ का’रवाहीमा पर्न सक्नुहुन्छ। रातिदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै क’डाई गर्ने छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार का’र’वाही हुन्छ।’
उक्त ऐनमा आदेशलाई अ’प’हेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कै’द वा रु १०० सम्म ज’रि’वाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई छ महिनासम्म कै’द वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। कोभिड–१९ को स’ङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन। कुनै सवारी पाससमेत जारी गरिने छैन।
त्यसैले बन्दाबन्दी भन्दा बुधबार राति १२:०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप क’डा हुनेछ।
यसअघि उपत्यकामा कुनै दिन पनि बढी जो’खिम भएको थिएन।
यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा म’हा’मारीको अवस्था रहेकाले क’डाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी ख’टाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए। आदेश पालनामा कुनै क’सर बाँकी नराख्ने उनले बताए।