समाचार

ओलीको सन्देश लिएर खुमलटार पुगेका विष्णु पौडेल प्रचण्डले यस्तो भने पछि निरास हुँदै फर्कीए

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको विवाद थप उत्कर्षमा पुगेको छ । मंगलवार विहानै प्रधानमन्त्री ओलीको वैठक सार्ने प्रस्ताव लिएर खुमलटार पुगेका नेकपा महासचिव विष्णु पौडेललाई प्रचण्डले निरास बनाएर फर्काइदिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्ने प्रस्ताव पौडेल मार्फत पठाएका थिए । तर प्रचण्डले उनको सो प्रस्ताव ठाडै अस्विकार गरिदिएका छन् । प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेका हुन् ।

सहमतिको सुत्र खोजेर ैठक बस्ने प्रस्ताव प्रधानमन्त्री ओलीले राखेका थिए । दुई अध्यक्षबीचको बैठकमा सहमति गर्ने र सचिवालय बैठक बस्ने ओलीको प्रस्ताव छ । तर प्रचण्ड लगायतका ५ नेताहरुले भने विवादको विषय वैठकमै राख्नुपर्ने माग राख्दै आएका छन् । महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्षसँग भोलिको बैठकबारे छलफल भएको स्वीकार गरेपनि अरु केही बताएनन् ।

शुक्रबार सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । शुक्रबारको बैठकअघि अध्यक्षद्वयबीच पत्रमार्फत एकअर्कामा जवाफ आदान प्रदान भएको थियो । सोही बैठकमा अध्यक्ष प्रचण्डले दुई पेजको लिखित प्रस्ताव पेश गरेका थिए । त्यसको जवाफ ओलीले ५ पेजमा फर्काएका छन् । प्रचण्डले प्रस्ताव पेश गरेपछि नेकपामा दुई अध्यक्षको दुरी थप बढेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पटकपटक अनौपचारिक बैठक बसेर सचिवालयको औपचारिक बैठकका लागि ओलीलाई दबाब दिएपछि कार्तिक २८ गते ४० मिनेट बैठक बसेको थियो ।

Related Articles

Back to top button