समाचार

सरकारको उपचार खर्च डा केसीद्धारा वहिष्कार : प्रधानमन्त्री ओलीलाई भने, ‘उपचार गर्न नसक्ने विपन्न नागरिकको उपचार गर्नुस्’

कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा। गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने बताएका छन् । उनले सरकारको उपचार खर्च बेहोर्ने निर्णय वहिष्कार गरेका छन् । डा केसीले आफ्नो उपचार गर्नुभन्दा जनताको कर्तब्य निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केसीको उपचार खर्च सरकारले वेहोर्ने घोषणा गरेका थिए ।शनिबार बिहान प्रधानमन्त्री ओलीले डा। केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए। त्यसको जवाफमा शनिबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै डा। केसीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैँ व्यहोर्न जवाफ दिएका हुन्।‘उनले विज्ञप्तीमा लेखेका छन्, म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । ‘सरकारले मेरो उपचार खर्च व्यहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ व्यहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’

Related Articles

Back to top button