समाचार

१० लाख घुससहित विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ

काठमाडौं : नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख १० लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल (नवौतह) लाई अख्तियार अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए। source : अन्नपुर्ण पोस्ट

Related Articles

Back to top button