समाचार

प्रधानमन्त्री ओलिले गरेको सहकार्यको प्रस्ताव माधव कुमार नेपालद्वारा अस्विकार !

कास्की मिडिया :गत मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसंग सहकार्यको प्रस्तावलाई नेपालले अस्वीकार गरेपछि नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने समिकरणको करिब करिब अन्त्य भएको छ । लामो समयमा सम्म ओलीको पेलाईमा परेका नेपालले ओलीलाई कुनै पनि हालतमा साथ नदिने देखिएको छ।नेपाल र दाहाल एक ठाँउमा हुँदा नेकपाको विभाजन झण्डै झण्डै दुई चिरामा हुने देखिन्छ । पछिल्लो अवस्था हेर्दा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली पार्टीका कुनै पनि निकायमा बहुमतमा देखिदैनन् । केन्द्रीय कमिटि, स्थायी समिति र सचिवालयमा बहुमतमा देखिदैनन् । दाहाल र नेपाल एक ठाँउ भएमा संसदीय दलमा समेत ओलीको स्पष्ट बहुमत नहुने अवस्था छ ।

अर्को तर्फ कर्णाली प्रदेशमा देखिएको विवाद सवै प्रदेशमा पुग्ने अवस्था छ । विषेश गरि बागमती र प्रदेश १ मा तत्काल असर पर्ने देखिन्छ । दशैं लगतै यी दुई प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा दाहाल नेपाल समुह रहेका छन् । प्रदेश नम्बर पाँचमा पनि दाहाल नेपाल समुहले आफु पक्षका र राजधानी सारेको विषयमा असंतुष्ट लुम्बिनी प्रदेशका सांसदहरुलाई समेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद मध्ये ४२ जनाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर तयारी अवस्थामा राखेका छन् । यो प्रस्ताव दाहाल नेपालले सिग्नल देखाए लगतै प्रस्ताव दर्ता हुने देखिन्छ ।यस्तै प्रदेश १ को अवस्था पनि उस्तै छ । तत्कालीन एमाले प्रदेश इन्चार्ज भीम आचार्यलाई दुई मतले पराजित गरेका मुख्यमन्त्री शेरधन राई विरुद्धमा दाहाल नेपाल समूह एक ठाँउ हुँदा बहुमत पुग्ने देखिन्छ ।

पार्टी एकीकरण हुनु पूर्वभागबण्डामा माओवादीले पाएको सभामुख पदमा एमालेले दावी गर्न नहुने नेता नेपालको अडानले अग्निप्रसाद सापकोटा सभामुख बन्न सहयोग पुग्यो । त्यस ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । त्यस यता हरेकजसो निर्णय र गतिविधिमा प्रचण्ड–नेपाल एक ठाउँ उभिदै आएका छन् । गएको १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यहरुको हस्ताक्षर देखि (असार १०–भदौ २६) स्थायी कमिटी बैठकमा समेत दाहाल –नेपाल मिलेका थिए । यसको असर, जिल्ला तहसम्मै पुगेको छ ।

Related Articles

Back to top button