समाचार

प्रख्यात हास्य कलाकार मनोज गजुरेलमा पनी कोरोना भाईरस पोजिटिभ

काठमांडौ – नेपाली रंगमंचका प्रख्यात हास्य कलाकार मनोज गजुरेलमा पनी कोरोना भाईरस पोजिटिभ देखिएको छ।

आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै कलाकार गजुरेल ले आफ्नुमा कोरोना भाईरस संक्रमण रहेको पुष्टी भएको जानकारी गराएका छन।

कलाकार गजुरेल ले गतहप्ता आफ्ना दाजुलाई अस्पताल लानेल्याउने गरेको र गत बिहिबार उनलाई सामान्य टाउको दुख्नु को साथै ज्वरो पनी देखिएको जानकाअरीइ गराएक छन । त्यसपछि हिजो पिसिआर टेस्ट गर्दा भर्खरमात्र कोरोना पोजेटिभ भनेर रिपोर्ट आएको जानकारी समेत गराएका छन ।

हाल उनी आईसोलेसनमा रहेको र आईसोलेसनको कडा पालना सहित घरेलु उपचार गराई रहेको जान्कारी गराएका छन।

उनले आफ्नो पोष्टमा लेख्नु भएको छ, “नमस्कार ?भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लानेल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।

बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।

संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा। रबिन्द्र समीर् को सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।

मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।”

Share this:

Related Articles

Back to top button