रोचक

नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनी लाई जिम्मा दिनुहोस !

कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।

सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।

१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ । ४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ । एउटा सामान्य कारको मुल्य बराबरमा साढे २ तला सम्मको घर निर्माण हुन्छ ।

यो पनि पढ्नुहोस : साढे तीन लाखमै बन्छ सुविधा सम्पन्न दुई बेडरुमको घर

सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा ग¥र्यो । यो घोषणापछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर बन्छ ? सामान्य रुपमा हेर्दा दुई लाख सानो रकम हो ।

यति थोरै पैसाले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ । हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ ।

बाँसबाट निर्माण हुने यो घरमा एउटा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ । ट्वाइलेट घर बाहिर बनाउनु पर्छ । श्रमदान गर्ने हो भने यो घरको मूल्य अझै सस्तो हुन्छ । आफ्नो घर निर्माण गर्दा आफैले श्रम गरे लागत घट्छ । मुलुकभित्रै बाँसका एक हजार घर बनाइसकेको कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुन्छन् ।

कोठाको घर डेढ लाखमै निर्माण गर्छौ । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले बिजमान्डूसँग भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोगनै गर्नुपर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकोले सस्तो भएको हो ।’

भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ ।

Related Articles

Back to top button