समाचार

सुनचाँदी, लाखौ पैसा र ६ महिनाकी गर्भवती श्रीमती अर्कैले लगिदिएपछि… (भिडियो हेर्नुहोस)

काठमाडौ। धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ । श्रीमानले विदेशमा कमाएको पैसा र केही गहना समेत लिएर अहिले उनी हराएकी छन् । श्रीमानले ४ तोला सुन, १० तोला चाँदी र लाखौं रुपैया लिएर हिडेको आरोप लगाएका छन्।

श्रीमान भन्छन्, आफैले जन्मदिएको छोरालाई समेत आन्टी भन भनेर सिकाएको रहेछ । म विदेशवाट आउँदा ६ महिनाको गर्भवती थियो । तर मलाई कसको गर्भ हो भनेर सोध्दा भन्दै भनेन । अहिले उनी ६ महिनाको गर्भवती अवस्थामै घरवाट निस्केकी थिइन् । धरान उपमहानगरपालिका सुनसरी ५ का जितबहादुर श्रेष्ठले श्रीमति हराएको एक वर्ष पुरा हुँदा पनि फेला नपरेका कारण उनी मिडिया गुहारेका छन्।

आफु विदेशमै हुँदा अन्य पुरुषसंग सम्बन्ध बनाएको श्रीमतिले श्रीमान विदेशवाट आएपछि पनि मध्यरात सम्म अन्य पुरुषसंग फोनमा कुरा गरेको आफुले थाहा पाएको बताए । सानो छोरा लिएर पल्लो कोठामा जान्थ्यो, उनले मिडियामा भनेका छन्, मैले मध्यरातमा गुनगुन आवाज सुनेर विस्तारै उठेर हेर्न गएँ।

जाँदा त फोनमा बोलिरहेको देखेपछि विवाद भएको बताए। उनले आफ्नै अगाडी अरुसंग त्यस्तो गरेको थाहा पाए पनि आफुले निकै सम्झाएको बताए । उनले आफु आएको केही समयमा गर्भवती भएको पनि बताए । उनले त्यो गर्भ पनि आफ्नो हो की अरुको त्यो पनि शंका लागेको बताएका छन् । उनले श्रीमति डम्बर श्रेष्ठसंगको सम्बन्धमा रहेको अहिले आफुले शंका पाएको बताएका छन् । आफ्नै अगाडी अरुकै गर्भ लिएकी श्रीमतिलाई आफ्नै गर्भ होला भनेर केही नभएको बताए। भिडियो यहाँ हेर्नुहोस…

Related Articles

Back to top button