समाचार

उपराष्ट्रपति पुनले गरे चाडपर्व खर्च कोरोना कोषमा प्रदान !

काठमाडौँस् उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गरेका छन् ।

उनले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गरेकोे उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेका छन्

काठमाडौ । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन्। उनको चितवन मेडीकल कलेजमा बुधबार दिउँसो साढे ४ बजे मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा।दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो। असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा बुधबार कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Related Articles

Back to top button