समाचार

स्वास्थ्यमन्त्री भन्छन्, ‘जनताकै माग अनुसार हामीले कोरोनाको उपचारमा शुल्क लिने निर्णय गरेका हौं’

काठमाडौं । कोरोनाको महामारी फैलिएका अवस्थामा सरकारले अब कोरोनाको उपचार र परिक्षण नगर्ने निर्णय भएसंगै सरकारको आलोचना सुरु भएको छ । सत्तारुढ दलकै नेताहरु सरकारी निर्णयको विरोधमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले विज्ञप्ती जारी गर्दै त्यस्तो निर्णय तत्काल फिर्ता लिन माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोनाको परिक्षण र उपचार स्वयंले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ । सरकारको सो निर्णय पछि चर्को आलोचना भएको हो । तर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् ।

सर्वसाधारणले ब्यापक विरोध गरेपछि प्रतिकृया दिँदै उनले मंगलवार भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले अघि भने, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शःशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरु चालिएका हुन् ।’

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सस्शुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनले बताए । साथै परिवारले उपचार खर्च व्यहोर्न नसक्ने घोषणा गरेमा सरकारले उपचार गर्ने मन्त्री ढकालले बताए ।

सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्नेछ ।

 

Related Articles

Back to top button