स्याबास नेपाल प्रहरी ! अ’पह’र’णमा परेको साढे तीनघण्टामै ८ वर्षकी बालिकालाई यसरी गरीयो सकुशल उद्धार
काठमाडौ । अ पह र णको घटनामा प्रहरीले सफलता प्राप्त गरेको छ ।
ललितपुरमा सोमबार साँझ एक ८ वर्षकी बालिका अ प ह र णमा परेकी थिइन् । प्रहरीले सूचना पाएको साढे ३ घण्टामै बालिकालाई सकुशल उद्धार गरेको छ । इमाडोलवाट हराएकी बालिकालाई प्रहरीले फेला पारेको हो ।
गार्मेन्ट काम गर्ने एक जना महिलाको ८ वर्षको छोरी हराए पछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । सोमवार राती ८ वजे प्रहरीले उनको खोजी थालेको थियो । राती साढे १० वजे प्रहरीले हरिसिद्धिस्थित एउटा कोठामा बालिकालाई फेला पारेका हुन् ।
घटनामा संलग्न ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न मध्य दुई जना श्रीमान श्रीमती हुन् भने एक जना उनीहरुको साथी हुन् । सर्लाहीका ३० वर्षीय राजु कार्की, धनुषाको धारापानीका कृष्ण तोलाङ र सीता परियार पक्राउ परेका छन्। सीता कृष्णकी श्रीमती हुन्।
आमा गोपी साह गार्मेन्टमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । राजु कार्की कामवाट निस्किएपछि ति महिलाले सोही स्थानमा काम गर्न थालेकी थिइन् । उनीहरुले बालिकालाई खाजा खुवाउने बहानामा लिएर गएर ममि आउँन ढिला हुन्छ अहिले हामीसँग हिँड भन्दै साइकलमा आफ्नो कोठामा लिएर गएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
आमालाई फोन गरेर‘तिम्रो छोरी हामीसँग छ’ भनेर भनेका थिए । तर उनीहरुले छोरीलाई कहाँ राखेको छ भन्ने खुलाएका थिएनन् । बालिकालाई डेराको कोठामा लगेको देखेपछि घरबेटीले बच्चालाई किन ल्याएको भन्दै विवाद गरेको पनि प्रहरी अनुसन्धानवाट देखिएको छ । घरभेटीसंग विवाद हुँदै गर्दा प्रहरी पुगेको थियो । विवाद भइरहेकै बेला बालिका भा गे र बाहिर निस्किएकी थिइन्।