राशिफल

भोली कार्तिक ०५ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभ चिन्तकहरूले साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यमा देखा पर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाई अलि टाढिन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न अवसरले पछ्याउने छन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।

Related Articles

Back to top button