रोचक

हिंदु मान्यताअनुसार श्रीगणेशको आर्शिवादले जीवनको सबै कार्य संभव…..

विघ्नहर्ता श्री गणेश

हिंदु मान्यताको अनुसार श्रीगणेशको आर्शिवादले जीवनको सबै कार्य संभव हुन्छ। त्यसैले उनलाइ विघ्नहर्ता भनिन्छ, जसले तपाईको सबै दु:खहरुलाई नाश गर्नु हुन्छ। इनै श्री गणेशलाइ प्रसन्न गर्नका लागि विनायक या विनायकी चतुर्थी र संकष्टी गणेश चतुर्थीको व्रत गरिन्छ। हिन्दु पंचांगमा प्रत्येक चन्द्र मासमा दुइटा चतुर्थी हुन्छ, र हिन्दु धर्मग्रन्थहरुको अनुसार चतुर्थी तिथि लाइ भगवान गणेशको तिथि मानिएको छ।

पूजा बिधि

बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राख्नुहोस। सफा आसनमा बस्नुहोस् र भगवान गणेशलाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गरौ। गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ। पूजा पूर्ण गरेर गणेशलाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गणपतये नमः।

यो उपाय पनि अपनाउ

भगवान गणेशलाई घिउ र गुड़को भोग लगाउ। भोग लगाएपछि घिउ-गुड़ गाईलाई खुवाउ। यस्तो गर्दा घरमा धन व खुशहाली आउन्छ। यदि घरमा नकारात्मक शक्तिहरुको वास छ भने घरको मंदिरमा सेतो रंगको गणपतिको स्थापना गरुनु पर्दछ। यसले सबै प्रकारको नराम्रो शक्तिको नाश हुन्छ। बुध ग्रह खराब चलिरहेको छ भने कुनै मंदिरमा गएर हरियो मूंगको दान गरौ। यसले बुध ग्रहको दोष शांत हुन्छ। बुधवारको दिन बिहान स्नान गरेर गणेश जी को मंदिरमा उनलाई दुबोको ११ या ६ गांठ अर्पित गरौ। यस्तो गर्दा कार्यहरु चाडैनै शुभ फल मिलने थाल्नेछ।

Related Articles

Back to top button