रोचक

रातारात भाग्य चम्काउन अपनाउनुहोस् हनुमानका यी उपाय, आफै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । रामभक्त हनुमानलाई विघ्न-बाधाहरुको निवारक कर्ताका रुपमा लिइन्छ। शुद्ध-पवित्र मनले हनुमानको पूजा गर्नाले मानव जीवनमा आइपर्ने विभिन्न बाधा-अड्चनहरुको नाश हुने विश्वास गरिन्छ।

जुन घरमा भगवान हनुमानजीको प्रसिद्ध मन्त्रोच्चारण हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन भन्ने धार्मिक मान्यता पनि छ। हनुमान यस्ता देवता हुन्, उनी छिट्टै प्रसन्न हुुन्छन्।

जुन भक्तले मनैदेखि हनुमानको सेवा गर्दछन्, उसलाई पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास राखिन्छ। हनुमान प्रशन्न बनाउँन हनुमान चालिसा अथवा हुनमासँग जोडिएका मन्त्रहरु जप गर्नुपर्ने हुन्छ।

जीवनमा केही बाधा अड्चन आइ परेमा हनुमानको नाम जपेमात्रै पनि विध्न वाधा हटेर जान्छ भन्ने धार्मिक विश्वास छ। हनुमानकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ।

हनुमानको साधना गर्दा केही नियमप्रति ध्यान दिनु भने जरूरी हुन्छ।

जुन यस प्रकार छन्ः

१) पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ।

२) निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ।

३) हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ।

४) पूजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुँदैन।

Related Articles

Back to top button