रोजगारीमा बिदेश गएका कार्की जब बाकसमा फर्किए…
तरहरा : रोजगारीको सिलसिलामा बिदेशी मुलुक गएका इटहरी २० तरहराका कमल कार्की शब बनेर बाकसमा फर्किदाँ शनिबार विहान सबैका आँखा रसाएका थिए ।

करीब दुई दशक अगाडि साउदी अरबमा कामको सिलसिलामा गएका तरहराका कार्कीको गत ८ असोजमा हृदयघातका कारण मृत्यु भएको थियो । अरबमै मृत्यु भएपछि शनिबार विहान मात्रै तरहरामा आइपुगेको उनको शब हेर्दा उपस्थित मानिसहरु भावविह्ल भए ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार लामो समयसम्म बाहिरी देश बसेका उनको प्रेसरले हानेर निधन भएको खबर आएको थियो ।
‘बिदेशमा उनी बिते भनेर खबर आएपछि हामीले शब ल्याउँनका लागि पहल गरेका थियौँ,’ उनले टाकुरासँग भने, ‘यसअघि पनि उनी बिदेशमा रहँदा सोही काम गर्ने ठाउँमा एउटा खुट्टा मेसिनले काटिएको रहेछ ।’
उनका अनुसार कार्कीको यसअघि साउदीकै एक कम्पनीमा काम गर्ने क्रममा एउटा खुट्टा काटिएको थियो ।
पछि कम्पनीले राम्रै तलबमा सोही कम्पनीमा काम गर्न बोलाएपछि उनी केही बर्ष अगाडि गएका थिए । बेला–बेला आउने जाने क्रम गरिरहेका कार्की सधैँका लागि अस्ताएपछि परिवारजन यतिबेला बिक्षिप्त रहेका छन् ।
२०३३ सालमा जन्मिएका कमलका एक श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् ।
मृतक कार्की मनबहादुर कार्कीका एकमात्र पुत्र रहेको परिवारजनले जनाएका छन् ।