असई गोविन्द विकको यसरि गयो ‘ज्या’न’…
धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ । राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले ‘घाँ ‘टीमा धा ‘रि’लो ह ‘ति’या’र प्र’ हार गरी ह’ ‘त्या गरेर शव नदीमा फा’लिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ ।
नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अ’वैध रुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको ‘ह ‘त्या गरेको हुन सक्ने बताइएको छ । गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ । मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलको प्रकृति हेर्दा विक र साउदलाई तस्कर समूहले घे’राब’न्दी गरेर आ ‘क्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए। ‘उखुबारीको छेउमा रहेको बाँझो खेतमा ल’छार’पछा’र भएजस्तो देखिएको छ। छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ। त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ। त्योभन्दा ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको र ‘ह ‘त्या गरेर शव मोहना नदीमा फालिएको देखिन्छ’, उनले भने। र’गत देखिएको नजिकै फु ‘टेको अवस्थामा मोबाइल पनि भेटिएको छ। असई विकले बोकेको एक थान ह ‘ति’यार र गो’ ‘ली फेला परेको छैन। प्रहरी जवान साउदको खोजी भइरहेको ती प्रहरीले बताए।
घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन्। ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करले सामान लैजाने गर्छन्। यहाँ रातभर मानिस हिँडेको हिँड्यै गर्छन्’, एक स्थानीयले भने। यो नाका भएर भारतमा मटर, भटमास तथा दलहनको तस्करी हुने गर्छ। भारतबाट नेपालतर्फ चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामग्री, इलेक्ट्रोनिक्स सामानको तस्करी हुन्छ। प्रहरीकै सेटिङमा नियमित तस्करी हुने गरेको स्थानीय बताउँछन्। जुगेडामा अस्थायी प्रहरी पोस्टका साथै सशस्त्र प्रहरीको बिओपी छ। तीन महिनाअघि अस्थायी प्रहरी पोस्टको इन्चार्ज भएर आएका असई विकले तस्करीमा क’डाइ गरेका कारण उनको ‘ह ‘त्या भएको स्थानीय प्रताप बिष्ट बताउँछन्।