समाचार

के एम सी को तेस्रो तलाबाट हामफाले एक बिरामी

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट हामफालेर आज एक जनाले ज्यान दिने प्रयास गरेका छन् । सोलुखुम्बु घर भई नयाँ बानेश्वर बस्ने २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हामफालेर ज्यान दिने प्रयास गरेका हुन् ।

हिजो आफ्नै शरीरमा आगो लगाएपछि खड्कालाई केएमसी भर्ना गरिएको थियो । उनले आज बिहान हामफालेर ज्यान दिने प्रयास गरेको प्रहरीले जनाएको छ । खड्का मानसिक बिरामी भएको जनाइएको छ ।

Related Articles

Back to top button