गंगा पन्तको अर्को सफलता : वीरगन्ज बाट २३ किलो सुन बरामद
प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
‘गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ,’ उनले भनिन्, ‘हामी मुचुल्का उठाइरहेका छौं।’
पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्।
बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।
यो पनि:
वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका ४ रेशम कोठीमा रहेको श्रीगणेश अपार्टमेन्टको तेश्रो तलाको ३०३ नम्बरको फ्लाइटमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २३ किलोग्राम सुन र २ किलो २६२ ग्राम चाँदी बरामद गरेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरिँदै । बरामद गरिएको सुन तथा चाँदी सार्वजनिक गर्दै पर्सा प्रहरी प्रमुख गंगा पन्त । तस्वीर ः वीरेन्द्र कर्ण÷रासस
भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताउनुभयो ।
सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ