राशिफल

आज कार्तिक ०१ गते शनिबार,संकटा मन्दिरको दर्शन गरि ग्रह कटाउनुहोस, हेर्नुहोस आजको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०१ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,४३ घडी २८ पला,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा,२० घडी ४६ पला,दिउसो ०२ बजेर २४ मिनेट उप्रान्त स्वाती । योग–विष्कुम्भ,४७ घडी ५८ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त प्रिती । करण– किंस्तुध्न,दिउसो १२ बजेर ४१ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी ३३ पला । कार्तिक संक्रान्ति। मातामह श्राद्ध। घटस्थापना। शारदीय नवरात्र प्रारम्भ -नलास्वने।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन । राजनीति तथा समाजसेवामा प्रतिष्पर्धिहरु नै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

साप्ताहिक राशिफल : असोज १८ गते आईतबारदेखी असोज २४ गते शनिबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । समयको र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय खर्चनुपर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपार्ईँदेखि टाडिनेछन् । माया प्रेममा अविश्वास तथा पति पत्नी बीच मनमुटाव बढ्नेछ । सोमबार साझबाट बिहीबार साझसम्मको समय राम्रो रहेकोले आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । लामो समयदेखि घरजग्गा तथा सवारी साधनको कारोबार गर्नेहरुका लागि साता सुभ रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय राम्रो रहेकोले व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बीच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । बिहीबारबाट समय मध्ययम रहेकोले आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । तरपनि लामो दुरिको बिदेश यात्राको तय हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको समय राम्रो रहेकोले बैकिङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । आफ्ना वा घरपरिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । बिद्या तथा प्रतिस्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा वढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् ।बिहीबारबाट समय मध्ययम रहेकोले मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानशिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्याक्ती हरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपार्ईँको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिहीबारबाट समय मध्ययम रहेकोले आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले आकश्मिक धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रेम प्रशङमा रमाउने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले सानातिना काममा समय व्यातित हुँदा महत्वपूर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । सत्रु तथा प्रतिस्पर्धी हरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धी हासिल गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । मंगलबार र बुधबारको समय राम्रो रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । तरपनि पैत्रिक घर जग्गामा गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको गाठो कसिलो भएर जानेछ । शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । बिहीबारबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला ।

तपाईँको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी ।

Related Articles

Back to top button